८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

भारत भ्रमणमा राष्ट्रिय हित प्रतिकूल कुनै पनि काम गरेको छैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबाट नेपाल र भारतबीच राम्रो विश्वासको वातावरण बनेको दाबी गरेका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट विश्वासको वातावरण बनेको बताएका हुन् । प्रचण्डले भारत भ्रमणमा केही नै भएन भन्ने टिप्पणी भएको भन्दै असन्तुष्टि जनाए । उनले राष्ट्रिय हित प्रतिकूल कुनै पनि काम नगरेको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको वातावरण बनानाएर मात्र कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद हल गर्न सकिने बताएका छन् । आफ्नो भ्रमणबाट त्यो विश्वासको वातावरण बनेको उनले जिकिर गरेका हुन् । उनले आफुले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको जिकिर गर्दै सीमा समस्याको समाधान कुटनीतिक संयन्त्रमार्फत छिटो टुंग्याउन आग्रह गरेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सीमा समस्याको समाधान छिटो गर्नुपर्ने बताएका उनले बताए ।

प्रधानमन्त्रीले भारतीय पक्षसँग जमिन सट्टापट्टबारे कुनै कुरा नगरेको स्पष्ट पारे । बरु अहिले सट्टा भन्ने शब्दको विरोध गर्ने नेताहरुले नै विगतमा सट्टाको कुरा निर्णय गराएको उनले दाबी गरे ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  १ : ३४ बजे

महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने पठाओ चालक पक्राउ

ललितपुर । महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने एकजना पठाओ चालक पक्राउ

सांसदले स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दायर

काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको पछिल्लो निर्णयविरुद्ध

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश