६ श्रावण २०८३, बुधबार | July 22, 2026

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट



काठमाडौ । युनिक नेपाल लघुवित्तको एफपीओ बिहीबार बिहान बाँडफाँट भएको छ । यसमा ३७ हजार ९४२ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, यी मध्ये ५ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता सेयर हात पार्न सफल भएका छन् ।

यो एफपीओमा लागि कुल १३ लाख ५७ हजार १८० जना आवेदकले आवेदन दिएकामा १ हजार ४९३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्याटिलले जानकारी गराएको छ ।

लघुवित्तले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ ।

जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ फागुन २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० माघ २१ गतेसम्म बाहल रहनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सक्नेछन् । साथै, युनिक नेपाल लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  १२ : २२ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको