४ चैत्र २०८२, बुधबार | March 18, 2026

अराजक र कानुनविपरितका गतिविधिलाई राज्यले छुट दिन सक्दैन : गृहमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेश नामको विरोधमा भैरहेका अराजक र कानुनविपरितका गतिविधिलाई राज्यले छुट नदिने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जवाफ मागेपछि संसदलाई सम्बोधन गर्दैै गृहमन्त्री श्रेष्ठले अराजक र कानुनविपरितका गतिविधिलाई छुट दिन नसकिने प्रष्ट पारेका छन् ।

कसैले पनि शान्तिपूर्ण ढंगले संविधानसम्मत रुपमा आफ्नो विचार अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरे आपत्ति नहुने तर अराजक, असंवैधानिक, गैर शान्तिपूर्ण, उदण्ड प्रकारका गतिविधिलाई राज्यले छुट दिन नसकिने उनले बताए ।

गृहमन्त्रीले पहिचान पक्षधर बताउने गरेकाहरू नै आन्दोलनमा आएर संघीयतालाई कमजोर बनाउन खोजेको जस्तो देखिएको उनले बताए । उनले नामकरणको विषयमा संघीयतालाई नै कमजोर पार्ने र संघीयता नचाहनेहरूलाई फाइदा हुने गरी कुनै पनि गतिविधि नगर्न आन्दोलनरत पहिचानवादीहरूलाई आग्रह समेत गरे ।

उनले कोशी प्रदेशमा भैरहेका गतिविधिबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेको जानकारी दिए ।

त्यसअघि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेका थिए । उनले सरकारले सुरक्षा दिन नसके एमालेले आफै नै सुरक्षाको व्यवस्था मिलाउने चेतावनी दिएका थिए।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  १२ : २० बजे

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

भोजपुर । हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन