३ पुस २०८२, बिहिबार | December 18, 2025

मिटर ब्याँज पीडितसँग गृहमन्त्रीले भने, ‘प्रहरीले दुःख दिएको छ, मलाई भन्नुहोस्’



महोत्तरी । मन्त्री बनेर झण्डा हल्लाउने मात्रका कारण काम नभएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वताएका छन । पद भनेको जिम्मेवारी मात्र भएको र उक्त जिम्मेवारीमा इमान्दारिताका साथ नलाग्दा जन्ताको काम नभएको  गृहमन्त्री श्रेष्ठको तर्क छ ।

महोत्तरीको रामगोपालपुरमा नवनिर्मित वडा भवनको उदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले जन्ताको समस्यामा नेता समेत इमान्दारी नभएको आरोप लगाए । कुरा गर्ने दिनको अन्त्य भएको वताउदै जन्तालाइ जनप्रतिनिधि  र नेताहरुले काम गरेर नतिजा देखाउने समय आएकोप्रती सजग गराए ।

मिटरव्याज पिडितहरुको समस्यालाइ सरकारले प्रमुखताका साथ लिइरहेको वताउदै गृहमन्त्री श्रेष्ठले भने : ` काइते कुरा गरेर कुनैपनी प्रहरिले पिडितलाई थप पिडा दिएको छ भने हामीलाइ उजुरी दिनुस हामी कारवाही गर्न तयार छौ ।´ मिटरव्याज पिडितको लागी जनप्रतिनिधिहरुले एजेन्डा बनाउन नसकेकोप्रती पनि गृहमन्त्री श्रेष्ठले गुनासो गरे ।

गृहमन्त्री श्रेष्ठले मधेशमा आउदा राष्ट्रिय एकताको झल्को आउने गरेको पनि अनुभव सुनाए । उनले भने – `मधेशका श्रमिकहरुले जहिलेपनी राष्ट्रिय स्वाधिन्ता र राष्ट्रिय एकताको लागी आवाज उठाउने गर्दछन ।´

 

 

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ६ : १२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका