६ पुस २०८२, आइतबार | December 21, 2025

खजुरामा नेपाल स्वयमसेवी रक्तदाता समाजको उपशाखा गठन



खजुरा । रक्तदान क्षेत्रमा क्रियाशिल रक्तदाताहरुको भेलाले बाँकेको खजुरामा नेपाल स्वयमसेवी रक्तदाता समाज गठन गरेको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज, बाँकेकी अध्यक्ष दिला शाहको उपस्थितिमा भएको भेलाले खजुरा गाउँपालिका स्तरीय नेपाल स्वयमसेवी रक्तदाता समाज खजुरा उपशाखा गठन गरेको हो ।

रक्तदाताहरुको भेलामा बोल्दै समाजका सल्लाहकार पूर्णलाल चुकेले २०६२-०६३ सालमा काठमाडौंमा दर्ता गरिएको नेपाल स्वयम्सेवी रक्तदाता समाजको परिचय, पृष्ठभूमि र मानव जीवनमा रक्तदानको महत्वका बारेमा प्रकाश पारे । उनले रक्तदान जस्तो सबभन्दा ठूलो मानवीय अभियानलाई गाउँपालिका स्तरमा फैलाउनका लागि स्थानीय युवा र रक्तदाताहरुले जागरुक हुनु पर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल स्वयमसेवी रक्तदाता समाज, बाँकेकी अध्यक्ष दिला शाहले रक्तदान उत्कृष्ठ मानव सेवाका लागि सबै रक्तदाताहरुलाई समाजसंग जोडिएर हातेमालो गरेर महान अभियानमा सहभागी हुन आव्हान गरिन् । अध्यक्ष शाहले हाम्रो एक पिन्ट रगतले रगत नपाएर छट्पटिएका कुनै एक विरामीले नयाँ जीवन पाउँछ भने हामीले आफ्नो शरीरबाट खेर गइरहेको रगत दिन अरुलाई पनि उत्प्रेरित गर्न सबैलाई अनुरोध गरिन् ।

भेलाले स्थानीय युवा स्वयमसेवी रक्तदाता विकास काउचा मगरको अध्यक्षतामा समाजको उपशाखा गठन गरेको छ । खजुरा गाउँपालिका स्तरीय नेपाल स्वयमसेवी रक्तदाता समाज खजुरा उपशाखा समितिको उपाध्यक्षमा अरुणा गुरुङ, सचिवमा गौरव सापकोटा र कोषाध्यक्षमा विश्वास कक्षपति रहेका छन् ।

सदस्यहरुमा सूर्य प्रसाद नेपाली, सुजाता खरेल, बसन्त भण्डारी, जीवन यादव, रविना खड्का, अस्मिता ओली र विजय केसी रहेका छन् । भेलाले सल्लाहकारमा अमित लामा र सुभाष निरौलालाई चयन गरेको छ ।

भेलामा सहभागीहरुले यही जेठ ३१ गते विश्व रक्तदाता दिवसका अवसरमा नेपाल स्वयमसेवी रक्तदाता समाज, बाँकेले नेपालगञ्जमा आयोजना गर्ने वृहद रक्तदान कार्यक्रममा सहभागी हुने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  १ : ३२ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको