२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

यौनजन्य अपराधका कारण समाजमा दीर्घकालीन असर परेको छ : प्रहरी महानिरीक्षक ज्ञवाली



काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले महिला तथा बालबालिका उपर हुने यौनजन्य अपराधका कारण शारीरिक, यौनजन्य, मानसिक, मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक असर परेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमवीच “यौनजन्य अपराध अनुसन्धान कार्यनिर्देशन पुस्तिका” बिमोचन गर्दै महानिरीक्षक ज्ञवालीले यौनजन्य हिंसाले समग्र समाजमा नै दीर्घकालीन असर पारेको उल्लेख गर्दै यौजन्य अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखि अनुसन्धान पद्दतिलाई व्यवस्थित र वैज्ञानिक बनाउनेतर्फ नेपाल प्रहरी दृढ संकल्पीत रहेको बताएका हुन् ।

उनले “यौनजन्य अपराध अनुसन्धान कार्यनिर्देशन पुस्तिका” ले अनुसन्धानकर्तालाई पूर्ण व्यावसायिक बनाई समग्र अनुसन्धान प्रणालीलाई नै उत्तरदायी र अनुमानयोग्य बनाउने विश्वास व्यक्त गरे । कानून कार्यान्वयनको जिम्मेवारीमा रहेको नेपाल प्रहरीले महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य हिंसाबाट मुक्त भई ससम्मान बाँच्न पाउने हकको व्यवहारिक प्रत्याभूति गराउन सदैव क्रियाशील रहेको बताए ।

कोरोना भाइरस(कोभिड-१९)को संक्रमण फैलिन नदिन र आमनागरिकको जीवन रक्षाका लागि नेपाल प्रहरी अग्रपंतिमा रही क्रियाशील रहेको अवस्थामा महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य अपराधको अनुसन्धानमा खटिने प्रहरी कर्मचारीहरुका लागि यो पुस्तिका फलदायी हुने ज्ञवालीको बिश्वास छ ।

कार्यक्रममा UNOPS नेपालका प्रोजेक्ट म्यानेजर कोमल कार्कीले नेपाल प्रहरीसँगको सहकार्यमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको चर्चा गर्दै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सदैव सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

प्रहरी प्रधान कार्यालय,कार्य एवम् अपराध अनुसन्धान विभागबाट तयार पारिएको उक्त पुस्तिका UNOPS को सहयोगमा प्रकाशन भएको हो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : ३० बजे

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी, धन्यवाद र्‍याली गर्ने तयारी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै