४ चैत्र २०८२, बुधबार | March 18, 2026

पाल्पाको दोभान खोलामा डुबेर बुटवलका एक युवकको मृत्यु



बुटवल । बुटवलका एक युवाको दोभान खोलामा डुबेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर-११ सिर्जननगरका ३४ वर्षीय लोक प्रसाद रजालीको पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर-२ खुर्सानेस्थित दोभान खोलामा डुबेर एक युवाले मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार शनिबार दिउँसो साथीहरुसँगै ड्राइ पिकनिक खान गएका रजालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पिकनिक सकिए पश्चात घरतर्फ फर्किने क्रममा लोक प्रसादलाई साथमा नदेखेपछि उनका साथीहरुले खोजतलास गर्ने क्रममा पिकनिक खाएको स्थानदेखि अन्दाजी १०० मिटर माथि पानी भित्र डुबेको अवस्थामा फेला पारेका थिए ।

उनलाई तत्काल उद्दार गरि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले रजालीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो नै पाल्पाको सिद्धबाबास्थित तिनाउ खोलाको ड्याममा डुबेर गुल्मीका एक युवकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ९ : ५५ बजे

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा