१६ श्रावण २०८३, शनिबार | August 1, 2026

मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याऔँ : अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द लिङ्गदेनले राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रविन्दुमा राखेर मुलुकको अन्तर्राष्ट्रिय छविलाई विश्वसनीय तुल्याउनुपर्ने बताएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद लिङ्देनले छिमेकी र विदेशीसँग कुरा गर्दा कोही रिसाउँछन् कि भन्ने कमजोर मानसिकताका आधारमा नभइ मुलुकको स्वाभिमान र प्रतिष्ठालाई ध्यान दिएर गर्नुपर्ने बताए । उनले कूटनीतिक क्षेत्रमा नियुक्ति गर्दा राजनीतिक रुपमा गर्ने परम्पराको अन्त्य गर्न परराष्ट्र मन्त्रालय गम्भीर हुनुपर्ने बताए ।

रासायनिक मलको बर्सेनि अभाव हुने समस्या अन्त्यका लागि स्वदेशमै मल कारखाना स्थापनाका लागि लगानीकर्तालाई प्रबद्र्धन गर्नुपर्ने सांसद लिङ्देनको भनाइ थियो । उमेर पुगेर पनि नेपाली नागरिकले नागरिकता नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

“बाबुआमा नेपाली भएर पनि नागरिकताविहीन हुने अवस्था विडम्बनापूर्ण छ”, सांसद लिङ्देनले भने, “यस्तो अवस्था हुनुहुँदैन । नागरिकतासम्बन्धी नयाँ विधेयक अहिलेको संसद्मा ल्याइओस् । हामी छलफल गरेर छिटो पारित गर्न तयार छौँ ।”

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ५२ बजे

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न