२५ भदौ २०८३, बिहिबार | September 10, 2026

परराष्ट्रमन्त्री साउदले केन्द्रीय कारागार पुगेर भेटे बालकृष्ण खाणलाई



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको पुर्पक्षका लागि कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले भेटेका छन् । मन्त्री साउदले केन्द्रीय कारागार सुन्धारा पुगेर खाणलाई भेटेका हुन् ।

केन्द्रीय कारागार सुन्धारा प्रशासनका अनुसार परराष्ट्रमन्त्री साउद बिहीबार बिहान १० बजे नेता खाणलाई भेट्न कारागारमा पुगेका थिए । उनीहरूबीच आधा घण्टा बढी कुराकानी भएको प्रशासन स्रोतले जानकारी दियो ।

खाणसँगको भेटमा समसामयिक राजनीति, नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिलगायत विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

खाण र साउदबीच कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को सभापति हुँदादेखि ‘गहिरो’ सम्बन्ध छ । २०४६ सालको जनआन्दोलनताका खाण नेविसंघको सभापति थिए । खाणले गरेको महाधिवेशनबाट साउद सभापति चुनिएका थिए । खाण पछि २०६२र०६३ मा तरुण दलको अध्यक्ष पनि भए । साउदले भने तरुण दलमा राजनीति गरेनन् ।

कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाका विश्वासपात्र खाण र साउद पार्टीभित्र संगठन भएका प्रभवशाली नेता मानिन्छन् । कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यतर्फ साउद दोस्रो र खाण तेस्रो बढी मत ल्याएर विजयी भएका थिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ९ : ३९ बजे

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको