२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्जका मुस्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै



नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मुस्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै गएको छ ।

उपमहानगरपालिकाका खासगरी वडा नं १४ र १५ मा किशोरी र महिलामा सञ्चालन भएको विभिन्न बालविवाह विरोधी अभियानले ७० दशमलव ०३ प्रतिशत बालविवाह कम भएको सर्वेक्षणले देखिएको फातिमा फाउन्डेसन बाँकेका अध्यक्ष मैमुना सिद्धिकीले जानकारी दिइन् ।

उनले बालविवाहविरुद्धको अभियानलाई निरन्तरता दिने विषयमा चुनौती थपिएको उल्लेख गर्दै मदरसाको मात्रै पहुँच भएका किशोरी अहिले विद्यालय गएर पढ्न थालेको बताइन् ।

अध्यक्ष सिद्धिकीले भनिन्, “हामीलाई धर्मगुरुको अलि बढी डर थियो तर उहाँहरू पनि अहिले हाम्रो साथमा हुनुहुन्छ ।” किशोरीलाई विद्यालय लैजानका लागि पोशाक र पुस्तकको केही समस्या भएको जानकारी दिँदै उनले बालविवाहविरोधी अभियानलाई निरन्तरता दिन स्थानीय सरकारसँग पनि सहकार्य गर्न प्रस्ताव गरेको बताइन् ।

नेपालगन्ज उपमहानगरपालिका महिला विकास अधिकृत मञ्जु पाण्डेले उपमहानगरपालिकाको वाड नं १९ मा किशोरी परामर्श केन्द्र स्थापना भएको जानकारी दिँदै किशोरी विकास कार्यक्रमलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको बताइन् ।

नेपालगन्ज उपमहानगरपालिका–१५ की अञ्जली राउले आफू बालविवाहको दुष्चक्रमा फसेको जानकारी दिँदै अभिभावकलाई बुझाएपछि त्यसबाट मुक्त भएको जानकारी दिइन् । “मैले यसका लागि धेरै नै सङ्घर्ष गर्नुपरेको छ, सायद त्यही सङ्घर्षका कारण आज मेरो विवाह भएको छैन”, उनले आफ्नो अनुभव सुनाउँदै भनिन् ।

अञ्जलीले खासगरी किशोरी समूहमा आबद्ध भएपछि बालविवाहविरुद्धको अभियानमा एक वर्षअघि मात्रै लागेको बताइन् । उनी अहिले कलेजको दश जोड दुईमा अध्ययनरत छिन् ।

परियोजनाका संयोजक उमेश गुप्ताले उपमहानगरपालिकाको वडा नं १४ र १५ मा सबैभन्दा बढी बालविवाहको समस्या भएको जानकारी दिँदै बालविवाहको प्रमुख कारण गरिबी भएको बताए ।

“मधेसी समुदायमा किशोरीको कुरा सुन्ने प्रचलन हुँदैन, त्यसैले पनि उनीहरूको समूह नै गठन गरेर काम हुँदै आएको छ”, उनले भने । उनले महिलालाई नीतिगत तहमा पहुँच पुर्याउने र आर्थिक सशक्तीकरणमा जोड दिएको उल्लेख गर्दै स्थानीय स्रोत र साधनमा समेत महिलाको पहुँच बढेको बताए ।

सो फाण्डेसनले किशोरी, महिलाको समूह बनाएर बालविवाहबाहेक सीप विकास र क्षमता अभिवृद्धिमार्फत तरकारी खेती, बाख्रापालनलगायतका आयआर्जनका कामसमेत गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ९ : ४७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल