२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

मिटरब्याजीका नाइके रमानन्दको घर ‘विप्लव’ नेतृत्वको नेकपाको कब्जामा !



बुटवल । संसदीय राजनीति गरिरहेका ३ राजनीतिक दलसँग सहकार्य गर्दै समाजवादी मोर्चामा सहभागी भएको विप्लव नेतृत्वको नेकपाले रुपन्देहीको भैरहवामा मिटरब्याजीमा लगानी गर्ने एक ब्यापारीको घर कब्जा गरेको घोषणा गरेको छ । मिटरब्याज मार्फत् किसानहरूलाई ठगेको भन्दै विप्लव नेतृत्वको नेकपाले सिद्धार्थनगर नगरपालिका-५ भैरहवा मिलनचोकस्थित रमानन्द बानियाँको घर कब्जा गरेको घोषणा गरेको हो ।

आज मध्यान्ह सो समुहका कार्यकर्ताहरु गएर घरमा ब्यानर र झण्डा लगाउँदै घर नियन्त्रणमा लिएको घोषणा गरेका थिए । नेकपा रुपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र विकले बानियाँको घर नियन्त्रणमा लिएको पुष्टि गरे । उनले रमानन्दले किसानबाट ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर किसानलाई ठगी गरेको उजुरी पार्टीमा आएपछि पार्टीले उनको घर कव्जा गरेको दाबी गरे । बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठिबास लगाएको, कैयौंलाई घर छाडेर भाग्न बाध्य बनाएको विकको आरोप छ ।

बानियाँको ठगी धन्दाविरुद्ध जिल्ला प्रशासन कार्यलयमा समेत दर्जनौं उजुरी परेको विकले बताए । उनका अनुसार २०७४ सालबाट पटकपटक उजुरी दिए पनि प्रशासनले बेवास्ता गरेपछि पीडित ऋणीहरूले नेकपामा लिखित उजुरी दिएको बताइएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ११ बजे

अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजनलाई

बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय

पाटन । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा