३१ असार २०८३, बुधबार | July 15, 2026

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्रीको बढुवा



काठमाडौं । मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले (एआइजी) थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

बुधबार रातिदेखि बर्तामान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे अनिवार्य अवकाश लिने भएकाले आज बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आइजीमा बढुवा गरेको हो । थापाले हाल प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभाग विभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । थापाले नेपाल प्रहरीको २८ औ महानिरीक्षककोरुपमा जिम्मेवारी सम्हाल्ने छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका कटुञ्जेमा जन्मिएका थापा अब्बल दर्जाका प्रहरी अधिकृत मानिन्छन् । विसं २०४९ मा प्रहरी निरीक्षक भएदेखि नै उनी कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुँदै आएका थिए । अहिले महानिरीक्षकका लागि पनि थापा पहिलो नम्बरमै थिए । विसं २०७५ असोजमा डिआइजी भएका थापा गत साल चैत ९ गते एआइजीमा बढुवा भएका थिए ।

उनिसँगै प्रहरी सेवामा प्रवेश गरेका अर्का एआइजी हरिबहादुर पाल पनि प्रहरी महानिरीक्षकको प्रतिष्पर्धामा थिए। गृहमन्त्री रामबहादुर थापाको सिफारिसमा थापालाई महानिरीक्षमा बढुवा गरिएको हो । एआइजी तारिणीप्रसाद लम्साल भने हालका प्रहरी महानिरीक्षक ज्ञवालीसँगै बुधबार रातिदेखि अनिवार्य अवकाश लिँदै छन्।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १० : ४६ बजे

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र

सुनचाँदीको मूल्यमा फेरि उकालो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना