२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

छात्रवृत्ति तथा विद्यार्थी प्रोत्साहनमा ५० औं लाख खर्च गर्छ बुटवलको अक्सफोर्ड मा.वि.



बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तर्गत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई त्रैमासिक रूपमा करिब ९ लाख रूपैयाँ बराबर प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरेको छ ।

प्रत्यक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा अक्सफोर्डमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गर्ने गरेको छ ।

दशजोड दुईको परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६५ जिपिएभन्दा माथि ल्याउने विद्यार्थीलाई नगद १० हजार ,३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुट तथा र ३ं दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने विद्यार्थीलाई नगद तीन हजार तथा ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुटको साथमा सम्मान तथा पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिए ।

उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान गर्दै आएको उल्लेख गर्दै प्राचार्य भुसालले प्रत्येक त्रैमासिक परीक्षामा विद्यार्थीलाई थप प्रोत्साहनका लागि सम्मान तथा पुरस्कृत गरेको बताए ।

विद्यालयले गरेको उत्कृष्ट विद्यार्थी सम्मान कार्यले विद्यार्थीहरूमा प्रतिश्पर्धाको भावना जाग्नुका साथै पढ्नुपर्ने रहेछ भन्ने मानसिकता विद्यार्थीमा पर्ने गरेको प्राध्यापक सुमन भुसालले बताए ।

विद्यालयमा पढाइको अलवा विभिन्न खेलकुद तथा साहित्यका हरेक विद्याहरूमा विद्यार्थीहरू बिच प्रतिश्पर्धा हुने हुदा विद्यार्थीको रोजाई अक्सफोर्ड परेको हुदा संस्कार सहितको शिक्षामा जोड दिदै सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षणमा आफूहरूले जोड दिदै आएको कुरामा जोड दिए ।

केही वर्ष यता विद्यालयमा विद्यार्थीको चाप ह्वात्तै बढेको हुदा कक्षा ११ मा विद्यार्थीहरू भर्ना गर्न प्रतिष्पर्धाको माध्यमबाट विद्यार्थी भर्ना गर्ने तयारीमा जुटेको प्राध्यापक भुसालले बताए ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : ५२ बजे

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

लुम्बिनी विश्वकै साझा धरोहर हो : पर्यटनमन्त्री पौडेल

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले लुम्बिनी

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी