२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

रुपन्देही कांग्रेसको क्षेत्र नम्बर २ को सम्मेलनमा २ गुट बीच ब्यानर च्याताच्यात



बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन झडपको अवस्था आएपछि प्रहरी परिचालन गरेर कार्यक्रम सुचारु गराइएको छ । कांग्रेसको दुईवटा गुटबीचको विवादले झडपको अवस्था आएपछि प्रहरी परिचालन गरी कार्यक्रम सुचारु गरिएको हो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख एवं नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले मन्तव्य राखेर निस्किएलगत्तै संस्थापन पक्षधर नेपाल विद्यार्थी संघ (नेविसंघ) रुपन्देहीका सभापति सन्दीप पौडेलको नेतृत्वमा कार्यक्रम स्थल पुगेको तरुणदल र महिला संघ सम्बद्ध कार्यकर्ताहरुले आफूहरुलाई आसनग्रहण नगराएको भन्दै नाराबाजी गरेका थिए ।

संस्थापन समूहका विद्यार्थी, तरुण र महिला नेताहरुले कार्यक्रम बिथोल्दै कार्यक्रमस्थलमा नाराबाजी सहित ब्यानर निकालेर केहिबेर कार्यक्रम स्थगित गराएका थिए । नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि रहेको कार्यक्रममा आमन्त्रण नै नगराएका व्यक्तिहरुले आसनग्रहण नगराएको भन्दै कार्यक्रम बिथोलेर अराजकता निम्त्याएको आयोजक पक्षले आरोप लगाएको छ ।

पार्टीको कार्यक्रममा पार्टीको भातृ संगठनहरुलाई बेवास्ता गर्ने र अपमान गर्ने कार्य भएपछि आफुहरुले बिरोध जनाएको कांग्रेस क्षेत्र नम्बर २ का एक तरुण नेताले खबरकुरासँग भने । उनले पार्टीको जगका रुपमा रहेको विद्यार्थी, महिला लगायतको भातृ संगठनबिना केही नेताहरु मात्र बसेर सम्मेलन गर्न थालेकाले आफुहरुले ब्यानर निकालिदिएको उनले खबरकुरालाइ बताए ।

उता कांग्रेस क्षेत्र नम्बर २ का नेता प्रजापाल गिरीले भने सम्मेलनमा सामान्य विवाद मात्र भएको बताउँदै प्रजातान्त्रिक पार्टीमा छलफल हुनुलाई अन्यथा मान्न नहुने बताए । ‘कसैको प्रस्तुती अलि कडा भयो होला, अरु केही भएको होईन यो समाचार बन्ने विषय होईन ।’ उनले भने ।

संस्थापन इतरको बहुमत रहेको क्षेत्र नम्बरका २ का नेताहरुले कार्यक्रम बिथोल्ने काम पार्टी सभापति खाँणले गराएको आरोप लगाएका छन् ।

उता पार्टी जिल्ला सभापति खाँणले विवादको विषयमा आफुलाई केही थाहा नभएको बताए । आफु नगरसभाका लागि निस्कनुपर्ने भएकाले सम्बोधन गरेर निस्केको बताउँदै उनले विवाद भएको विषय निकैपछि आफुले सुनेको जानकारी दिए । ‘जनबर्गिय संगठनलाई आसन ग्रहण गराइदिएको भए हुन्थ्यो, खोई कि गराएनन् त्यो मलाई थाहा भएन, तर म नगरसभामा भएकाले विवादका विषयमा पछि मात्र थाहा पाएँ,’ उनले भने, ‘नगरसभाका लागि निस्केको म पार्टिको कार्यक्रममा नगइ नहुने भएर दौरा सुरुवालमै पुगेको थिएँ, बबाल भएको थाहा पाइन ।’

कार्यक्रम बिथोलिएपछि कांग्रेस नेता परियार र खाँणबीच फोनमा भनाभन भएको बताइएको छ । परियारले खाँणलाई फोन गर्दै पार्टीमा अराजकता ननिम्त्याउन आग्रह गरेको इतर पक्षका एक नेताले बताए । स्थिती तनावग्रस्त भएपछि प्रहरी परिचालन गरेर कार्यक्रम सुचार गरिएको थियो ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ५ : १८ बजे

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

बगदाद । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी