११ श्रावण २०८३, सोमबार | July 27, 2026

लुम्बिनी प्रदेश सहित धेरै स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

लुम्बिनी प्रदेशको थोरै स्थानमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । रातिको समयमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । काठमाडौँ उपत्यकाको आकाश अहिले आंशिक बदली रहेको छ । आज राति वर्षाको सम्भावना छ ।

भोलि १७ गते आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : ४३ बजे

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन