२० मंसिर २०८२, शनिबार | December 6, 2025

सन नेपाल र सिटिजन लाइफलाई प्रिमियम भाउमा आईपीओ बिक्री गर्न बोर्डको अनुमति



काठमाडौ । नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्सुरेन्स र सिटिजन लाइफ इन्स्याेरेन्सलाई आईपीओ बिक्री गर्न अनुमति प्रदान गरेको छ । सन नेपालले कुल ९६ लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता २३९ रुपैयाँ र कर्मचारीलाई फेस भ्याल्यू अर्थात प्रतिकित्ता १०० रुपैयाँमै आइपीओ बिक्री गर्न बोर्डले सन नेपाललाई अनुमति दिएको हो । यसले जारी पुँजीको ३० प्रतिशत आईपीओ बिक्री गर्न लागेको हो । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।

यता, सिटिजन लाइफले पनि कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये ५ लाख ६२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

बोर्डले सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता २४४ रुपैयाँ र कर्मचारीलाई फेस भ्याल्यूमै आइपीओ बिक्री गर्न बोर्डले अनुमति दिएको हो । सिटिजनले पनि जारी पुँजीको ३० प्रतिशत आईपीओ बिक्री गर्न लागेको हो । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ४ : २४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले