१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बर्दियाको ठाकुरद्वारामा निकुन्जका कर्मचारी र स्थानीयबीच झडप



बर्दिया । बर्दिया राष्ट्रिय निकुन्जका सुरक्षाकर्मी र स्थानीयबासीबीच झडप भएको छ । बर्दियाको ठाकुरद्वारामा बिहीबार बिहान निकुन्जबाट आएका सुरक्षाकर्मी र स्थानीयबासीबीच झडप भएको हो ।

निकुन्जअन्तर्गत मध्यवर्ती क्षेत्रको धार्मिक वनको जग्गामा वषौंदेखि बसोबास गर्दै आएका स्थानीयलाई खाली गराउने क्रममा झडप भएको बताइएको छ ।

बैकल्पिक व्यवस्था नगरी वर्षौदेखि बस्दै आएका आफुहरुलाई निकुन्जले हटाउने नाममा दुःख दिएको स्थानीयबासीले बताएकाछन् । उनीहरुले निकुन्जका कर्मचारीले मध्यरातमा आएर सताउने गरेको भन्दै बैकल्पिक व्यवस्था भए आफुहरु जमिन छाड्न तयार रहेको बताए ।

स्थानीय होटल व्यवसायी कृष्ण भट्टराईले सदिऔंदेखि बस्दै आएका स्थानीयलाई अर्को व्यवस्था नगरी हटाउन नहुने बताए । उनले निकुन्जका कर्मचारीले मध्यराति आएर स्थानीयलाई उठाएर लैजाने, थुन्ने र धम्काउने गरेकाले स्थानीयले त्यसको प्रतिकार गरेको जनाए ।

तर बर्दिया निकुन्जले भने एक वर्ष अगाडी नै स्थानीयतहका जनप्रतिनिधिको उपस्थितीमा स्थानीयले धार्मीक वन क्षेत्र खालि गरिदिने सहमति गरेपनि खालि नगरेको जनाएको छ ।

धार्मिक क्षेत्रमा विकृतिपूर्ण कार्य भएको र सार्वजानिक जग्गा अतिक्रमणबाट जोगाउन केही व्यक्तिलाई सोधपुछ गर्न बोलाईएकोमा स्थानीयले अवरोध गरेको निकुन्जका वार्डेन अणनाथ बरालले बताए । बरालले ठाकुराद्वारामा कोहीपनि सुकुम्म्बासी नभएको दाबी गर्दै नेपालगन्ज, गुलरियामा दुईतले घर भएकाले वनक्षेत्रको जग्गा अतिक्रमण गरेको बताए । सरकारी जग्गा स्थानीयले लाखौंमा बेचबिखन हुने गरेको समेत उनले दाबी गरे ।

ठाकरद्धारा मन्दिर आसपासमा वर्षौदेखि स्थानीयले घर बनाएर बसेका छन् । उनीहरुले बस्न पाउनु पर्ने र हटाउनुपर्छ भन्ने विषयमा बर्दिया राष्ट्रिय निकुन्जसँग विवाद हुँदै आएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  १० : १२ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।