२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

बर्दियाको ठाकुरद्वारामा निकुन्जका कर्मचारी र स्थानीयबीच झडप



बर्दिया । बर्दिया राष्ट्रिय निकुन्जका सुरक्षाकर्मी र स्थानीयबासीबीच झडप भएको छ । बर्दियाको ठाकुरद्वारामा बिहीबार बिहान निकुन्जबाट आएका सुरक्षाकर्मी र स्थानीयबासीबीच झडप भएको हो ।

निकुन्जअन्तर्गत मध्यवर्ती क्षेत्रको धार्मिक वनको जग्गामा वषौंदेखि बसोबास गर्दै आएका स्थानीयलाई खाली गराउने क्रममा झडप भएको बताइएको छ ।

बैकल्पिक व्यवस्था नगरी वर्षौदेखि बस्दै आएका आफुहरुलाई निकुन्जले हटाउने नाममा दुःख दिएको स्थानीयबासीले बताएकाछन् । उनीहरुले निकुन्जका कर्मचारीले मध्यरातमा आएर सताउने गरेको भन्दै बैकल्पिक व्यवस्था भए आफुहरु जमिन छाड्न तयार रहेको बताए ।

स्थानीय होटल व्यवसायी कृष्ण भट्टराईले सदिऔंदेखि बस्दै आएका स्थानीयलाई अर्को व्यवस्था नगरी हटाउन नहुने बताए । उनले निकुन्जका कर्मचारीले मध्यराति आएर स्थानीयलाई उठाएर लैजाने, थुन्ने र धम्काउने गरेकाले स्थानीयले त्यसको प्रतिकार गरेको जनाए ।

तर बर्दिया निकुन्जले भने एक वर्ष अगाडी नै स्थानीयतहका जनप्रतिनिधिको उपस्थितीमा स्थानीयले धार्मीक वन क्षेत्र खालि गरिदिने सहमति गरेपनि खालि नगरेको जनाएको छ ।

धार्मिक क्षेत्रमा विकृतिपूर्ण कार्य भएको र सार्वजानिक जग्गा अतिक्रमणबाट जोगाउन केही व्यक्तिलाई सोधपुछ गर्न बोलाईएकोमा स्थानीयले अवरोध गरेको निकुन्जका वार्डेन अणनाथ बरालले बताए । बरालले ठाकुराद्वारामा कोहीपनि सुकुम्म्बासी नभएको दाबी गर्दै नेपालगन्ज, गुलरियामा दुईतले घर भएकाले वनक्षेत्रको जग्गा अतिक्रमण गरेको बताए । सरकारी जग्गा स्थानीयले लाखौंमा बेचबिखन हुने गरेको समेत उनले दाबी गरे ।

ठाकरद्धारा मन्दिर आसपासमा वर्षौदेखि स्थानीयले घर बनाएर बसेका छन् । उनीहरुले बस्न पाउनु पर्ने र हटाउनुपर्छ भन्ने विषयमा बर्दिया राष्ट्रिय निकुन्जसँग विवाद हुँदै आएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  १० : १२ बजे

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन

बर्दिया १ मा रास्वपाको ठाकुरसिंह थारु निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १

जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो जेनजी आन्दोलनबारेको प्रतिवेदन

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी