देवदह । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहिबार प्रकाशन भएको छ । यतिबेला उत्कृष्ट अंक ल्याएका विद्यालयले आफू नेपाल, जिल्ला अनि पालिका प्रथम भएको दाबी गरिरहेका छन ।
देवदह नगरपालिका वडा नं ७ मा रहेको देवदह माविले आफ्नो विद्यालयका विद्यार्थी युनिक अधिकारीले ३.९५ जिपिए सहित नगर प्रथम भएको दाबी गरेको छ ।
देवदह माविका प्रधानाध्यापक हरि प्रसाद पाण्डेले आफुहरु उत्कृष्ट नतिजा सहित देवदह नगरपालिका प्रथम भएको दाबी गरेका छन ।
प्रधानाध्यापक पाण्डेले जस्तै देवदह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलले पनि आफ्नो विद्यालय नगर प्रथम र जिल्लामै उत्कृष्ट विद्यालयमध्ये एक भएको दाबी गरे । “हामीले गुणस्तरीय शिक्षामा ध्यान दिएर अध्यापन गराएको नतिजा एसईईले देखाएको छ, हामी नगर प्रथम भएका छौँ” उनले भने ।
यसै विषयमा हामिले देवदह नगरपालिकाका शिक्षा अधिकृत पर्शुराम ढकालसङ्ग कुराकानी गर्यौँ । उनले अहिलेसम्म देवदह नगरपालिकाका विद्यालयको एसईई नतिजाको सबै तथ्यांक आफुहरुले ननिकालिसकेको र सबै विद्यालयको नतिजा अध्ययन गर्दा देवदह माविनै नगर प्रथम भएको हुन सक्ने बताए ।



















प्रतिक्रिया