९ चैत्र २०८२, सोमबार | March 23, 2026

३७५६ जना विद्यार्थीले दिए अक्सफोर्ड मावि कक्षा ११ को प्रवेश परीक्षा



बुटवल । अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलमा कक्षा ११ मा पढ्नको लागि आज भएको प्रवेश परीक्षामा हजारौं विद्यार्थीहरूको सहभागीता भएको छ ।

विगत देखि नै उत्कृष्ट रिजल्ट ल्याउन सफल अक्सफोर्ड माविले अहिले संस्कार सहितको शिक्षा दिने पाठ्यक्रम लागू गरेसङ्गै अभिभावक तथा विद्यार्थीहरूको आकर्षण ह्वात्तै बढेको हो ।

अक्सफोर्ड मावि बुटवलमा विज्ञान, ब्याबस्थापन तथा शिक्षाशास्त्र संकायमा पढाइ हुने गर्दछ । आज विद्यालयले ल्याएको परीक्षामा सम्पूर्ण संकायमा गरी कुल ३७५६ जना विद्यार्थीहरूले परीक्षा दिएका छन् । बिहान ७:३० बजे सुरू गरेको परीक्षामा अक्सफोर्ड माविको विद्यालय भवन, प्लस टु भवनमा सञ्चालन गरिएको थियो । सयौं अभिभावक तथा हजारौं विद्यार्थीहरूको सहभागीतामा भएको परीक्षामा एक घण्टाको समय निर्धारण गरिएको थियो ।

रूपन्देही जिल्लामा विगत देखिनै उत्कृष्ट रिजल्ट ल्याउदै आएको अक्सफोर्डले अहिले पनि विभिन्न संकायमा उत्कृष्ट रिजल्ट ल्याउने गरेको हुदा विद्यार्थीहरूको आकर्षण बढेको प्राचार्य दिनेश भुसालले बताए । रिजल्ट सङ्गै भर्ना अभियानमा लाग्ने कुरा बताउदै प्राध्यापक सुमन भुसालले कक्षा ११ मा भर्ना हुनको लागि विद्यार्थीहरूको चाप बढेको हुदा भोलिदेखि भर्ना बन्द गर्नुपर्ने अवस्था आउने बताए ।

संस्कार सहितको शिक्षाको लागि अक्सफोर्ड एक ब्रान्ड बनेको हुदा समयमै आफना छोराछोरी भर्ना गरि ढुक्क हुन अभिभावकलाई आग्रह समेत गरे । अक्सफोर्डमा विज्ञान, ब्यबस्थापन तथा शिक्षाशास्त्र संकायमा बिहानी तथा दिवा समयमा पढाइ हुने र अहिले ७५० जना विद्यार्थीहरू राख्ने योजना भएको बिहानी सत्र इन्चार्ज नारायण सापकोटाले बताए । साथै भर्खरै प्रकासन भएको BHM को नतिजामा अक्सफोर्ड कलेज नेपाल प्रथम र BIM को नतिजामा विशाल खनालले ३.८० GPA सहित लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको क्याम्पस प्रमुख मनोज मरासिनीले बताए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ३७ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा