काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ ।
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्नेछन् ।
बैठकमा सङ्गठन सुदृढीकरण विशेष अभियानको जानकारी, वर्तमान परिस्थिति र हाम्रा कार्यभारको एजेण्डामा छलफल हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसैगरी, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसङ्गठन युवा र विद्यार्थी, विभागको कामको व्यवस्थापन, सरकार र संसद्लाई कसरी प्रभावकारी बनाउने, कमिटीमा वरियताको विषय, महाधिवेसनको व्यवस्था, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका बैठकका एजेण्डामा पनि छलफल हुने उनले बताए ।



















प्रतिक्रिया