१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

सिद्धबाबा सुरुङमार्गको प्रवेशबिन्दुमा पहिरो, मुलद्वार भत्कियो



बुटवल । सिद्धबाबा सुरुङ मार्गको सिद्धबाबा तर्फको मुल प्रवेशद्धार पहिरोले भत्काइदिएको छ । सोमबारबाट परेको वर्षासँगै आएको पहिरोले सुरुङमार्गको मुख्य प्रवेश द्वार भत्केको हो ।

सुरुङमार्गको मुख्य प्रवेशबिन्दुमा माथिबाट पहिरो खसेपछि भत्किएको स्थानीय जनप्रतिनिधि तोया लम्सालले जानकारी दिए । पहिरोका कारण सुरुङमार्गमा क्षति पुगेको परियोजनाका इन्जिजियर युधिस्थिर पन्थीले बताए । कुन भागमा कतिको क्षति भएको भन्ने विषयमा भने उनले केही बताएनन् । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको काम अगाडि बढाएको थियो ।

मध्यवर्षामा नेपाली प्राविधिकरुले ढलान गर्न नहुने सुझाव विपरित परियोजनाले ४ दिन पहिले मात्र प्रवेश देवारको ढलान गरेको बताइएको छ ।

सुरुङमार्गको दोभान खण्डको प्रवेश द्वारपनि पहिरोले पुरेको छ । पहिरोले मुख्य द्वार पुरेपनि त्यस तर्फ नभत्केको लम्सालले बताए । परियोजनाले पहिरो पन्छाउने काम सुरु गरिसकेको छ ।

एक हजार एक सय २६ मिटर दूरी रहेको सुरुङमार्गको काम तिब्रगतिमा अगाडि बढीरहेका बेला पहिरोले मुख्यबिन्दुमा क्षति पुगेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ३ : १४ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू