२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

सिद्धबाबा सुरुङमार्गको प्रवेशबिन्दुमा पहिरो, मुलद्वार भत्कियो



बुटवल । सिद्धबाबा सुरुङ मार्गको सिद्धबाबा तर्फको मुल प्रवेशद्धार पहिरोले भत्काइदिएको छ । सोमबारबाट परेको वर्षासँगै आएको पहिरोले सुरुङमार्गको मुख्य प्रवेश द्वार भत्केको हो ।

सुरुङमार्गको मुख्य प्रवेशबिन्दुमा माथिबाट पहिरो खसेपछि भत्किएको स्थानीय जनप्रतिनिधि तोया लम्सालले जानकारी दिए । पहिरोका कारण सुरुङमार्गमा क्षति पुगेको परियोजनाका इन्जिजियर युधिस्थिर पन्थीले बताए । कुन भागमा कतिको क्षति भएको भन्ने विषयमा भने उनले केही बताएनन् । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको काम अगाडि बढाएको थियो ।

मध्यवर्षामा नेपाली प्राविधिकरुले ढलान गर्न नहुने सुझाव विपरित परियोजनाले ४ दिन पहिले मात्र प्रवेश देवारको ढलान गरेको बताइएको छ ।

सुरुङमार्गको दोभान खण्डको प्रवेश द्वारपनि पहिरोले पुरेको छ । पहिरोले मुख्य द्वार पुरेपनि त्यस तर्फ नभत्केको लम्सालले बताए । परियोजनाले पहिरो पन्छाउने काम सुरु गरिसकेको छ ।

एक हजार एक सय २६ मिटर दूरी रहेको सुरुङमार्गको काम तिब्रगतिमा अगाडि बढीरहेका बेला पहिरोले मुख्यबिन्दुमा क्षति पुगेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ३ : १४ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात