१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

३ मुलुकको भ्रमण पुरा गरी अध्यक्ष नेपाल स्वदेश फिर्ता



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विभिन्न तीन मुलुकको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकाछन् ।

त्रिदेशीय भ्रमणका क्रममा अध्यक्ष नेपाल गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुग्नुभएका अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरुको अन्तर्राष्ट्रिय बैठकमा विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे आफ्नो धारणा राखेका थिए ।

बैठकमा सहभागी भएर अध्यक्ष नेपाल मलेसिया र सिङ्गापुरको भ्रमणमा हुनुहुन्थ्यो । करिब एक साताको भ्रमणमा उनले तीनवटै मुलुकका शीर्षनेतासँग शिष्टाचार भेट तथा दुई देशीय हितका बारेमा छलफल गर्नुभएको पार्टी पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए ।

पार्टीका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष नेपाललाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ५ : ३७ बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा