१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो एमाले लुम्बिनी प्रशिक्षण भेला



नेपालगन्ज ।नेकपा (एमाले) लुम्बिनी प्रदेश सङ्गठन कमिटीको आयोजनामा भएको एमाले जनप्रतिनिधिहरुको लुम्बिनी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रशिक्षण भेलाले सङ्घीयतालाई बलियो बनाउने गरी पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने निश्कर्ष निकालेको छ ।

भेलाको अन्तिममा एमाले नेता खिमलाल भट्टराईबाट बाचन गरिएको घोषणापत्रमा वडाको आर्थिक अधिकार बढाउन लागिपर्ने, देश र जनताको हितका लागि बढीभन्दा बढी केन्द्रित हुने, निर्वाचनमा गरिएका वाचा र घोषणापत्रप्रति प्रतिबद्ध हुने, जनसरोकारका सवालमा प्रतिबद्ध हुने उल्लेख छ । यसैगरी महिला प्रमुख र उपप्रमुख रहेको स्थानीय तहमा कुनै पनि खालको विभेद हुन नदिने र महिलालाई कार्यकारी पदमा प्रोत्साहन गरिनुपर्ने उल्लेख छ । घोषणापत्रमा निर्वाचन प्रणालीमा सुधार गरी गरिब जनताका सन्तान पनि जनप्रतिनिधि बन्न सक्ने बनाउन पहल गरिने, भ्रष्टाचार अन्त्यका लागि पहल गरिनेलगायतका विषय समेटिएको छ ।

कार्यक्रमको दोस्रो सत्रमा बोल्दै पार्टी उपाध्यक्ष विष्णु पौडेलले एमालेविरुद्ध जतिसुकै भ्रम फिँजाइए पनि जनताको विश्वास र भरोसा जित्न सकेको पार्टी एमाले मात्रै भएको दाबी गरे ।

महासचिव शङ्कर पोखरेलले सङ्घीय सरकारले गरिरहेको विभिन्न गलत निर्णयको भण्डाफोर गर्नु आजको आवश्यकता भएको बताए ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा एमालेबाट निर्वाचित, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको भेलामा सहभागिता रहेको थियो । प्रशिक्षण भेलाको शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ७ : ३६ बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा