२१ माघ २०८२, बुधबार | February 4, 2026

राष्ट्र र राष्ट्रिय एकता अहिलेको महत्वपूर्ण आवश्यकता : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान समयको महत्त्वपूर्ण आवश्यकता भनेको राष्ट्र र राष्ट्रिय एकता भएको बताएका छन् ।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ ले खीर खाने दिनको उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उनले अहिलेको आवश्यकता राष्ट्रिय एकता र राष्ट्रको सार्वभौम सत्ता भएको बताएका हुन् ।

“राष्ट्र र राष्ट्रिय एकतालाई स्थायी बनाउनु सबै राजनीतिक दलको कर्तव्य हो”, उनले भने । सभापति देउवाले अहिले देशको आवश्यकता भनेको संविधानअनुसार सबै पार्टीबीचमा एउटा सहमति गरेर अगाडि बढ्नु भएको बताए ।

संविधानलाई स्थायीरूपमा अगाडि बढाउन कमी कमजोरी सुधार गर्नुपर्ने प्रशस्त ठाउँहरू भएको उनको भनाइ थियो । “अहिलेको महत्त्वपूर्ण कुरा राष्ट्र र राष्ट्रिय एकता हो, राष्ट्रको सार्वभौम सत्ता हो । यसलाई स्थायी बनाउने हाम्रो कर्तव्य हो, यसमा हामी सबै लाग्नुपर्छ”, सभापति देउवाले भने । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायी रूपमा सुदृढ गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले कांग्रेसले आफ्नो सरकारको पालामा गरेका राम्रो कामलाई जनतामाझ लैजान सके आगामी निर्वाचनमा झन् राम्रो नतिजा हासिल गर्न सकिने बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतलगायतले एकजुट भएर अगाडि बढे आगामी निर्वाचनमा कांग्रेसलाई कुनै शक्तिले पराजित गर्न नसक्ने बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : ४३ बजे

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत । स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान

संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं । संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न

मर्चवारको विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य : प्रमोद कुमार यादव

भैरहवा । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का