२१ माघ २०८२, बुधबार | February 4, 2026

बुटवलमा एक हजार रुपैयाँमा लालपुर्जा सहितको जग्गा, वितरण गर्ने टोल विकास संस्था



बुटवल । बुटवलमा एउटा टोलविकास संस्थाले अनाधिकृत जग्गाधनी पुर्जा वितरण गरेको खुलासा भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ स्थित न्यु दुर्गा टोल विकास संस्थाले टोलविकास संस्थाकै नामबाट जग्गाधनी पुर्जा छापेर शुल्क लिएर वितरण गर्ने गरेको फेला परेको हो ।

अव्यवस्थित बसोबास गर्दै आएका स्थानीयसँग १ हजार रुपैयाँ लिएर टोल विकास संस्थाले जग्गाधनी पुर्जा वितरण गर्ने गरेको सूचनाका आधारमा उपमहानगरले आज संस्थाको कार्यालयमा छापा मारेर कागजपत्र कब्जामा लिएको छ । गैरकानुनी रुपमा रकम असुली गरिएको भन्दै उपमहानगरले मँगलबार दिउँसो कार्यालयमा पुगेर सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो ।

टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रुपमा लालपूर्जा वितरण गर्ने र रकम संकलन गर्ने काम गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपमहानगरको भू-उपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले जानकारी दिए । टोल विकास संस्थाको क्षेत्राधिकार बाहिर गएर जग्गासम्बन्धि काम गरेको पाइएकाले टोल विकास संस्थालाई आवश्यक कारबाही गरिने उनले बताए ।

बरामद भएका कागजातमा संस्थाकै नाममा छापिएको जग्गाधनी प्रमाण पूर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिष्ट्रेशन किताब र अन्य सामग्री रहेका छन् ।

टोल विकास संस्थाले लालपूर्जाका नाममा १ हजार र अन्य शुल्कहरु लिँदै आएको स्थानीय ललिता गुरुङले बताइन्। उनका अनुसार लालपूर्जा पाउने भन्दै स्थानीयलाई शुल्क तिर्न बाध्य बनाइएको थियो। टोल विकास संस्थाका एक सदस्यले भने सबै टोलबासीको सहमतीमा कार्यालय व्यवस्थापन तथा टोलका अन्य विभिन्न विकास निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले रकम उठाइएको स्वीकार गरे ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : ५९ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास