२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बुटवलमा एक हजार रुपैयाँमा लालपुर्जा सहितको जग्गा, वितरण गर्ने टोल विकास संस्था



बुटवल । बुटवलमा एउटा टोलविकास संस्थाले अनाधिकृत जग्गाधनी पुर्जा वितरण गरेको खुलासा भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ स्थित न्यु दुर्गा टोल विकास संस्थाले टोलविकास संस्थाकै नामबाट जग्गाधनी पुर्जा छापेर शुल्क लिएर वितरण गर्ने गरेको फेला परेको हो ।

अव्यवस्थित बसोबास गर्दै आएका स्थानीयसँग १ हजार रुपैयाँ लिएर टोल विकास संस्थाले जग्गाधनी पुर्जा वितरण गर्ने गरेको सूचनाका आधारमा उपमहानगरले आज संस्थाको कार्यालयमा छापा मारेर कागजपत्र कब्जामा लिएको छ । गैरकानुनी रुपमा रकम असुली गरिएको भन्दै उपमहानगरले मँगलबार दिउँसो कार्यालयमा पुगेर सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो ।

टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रुपमा लालपूर्जा वितरण गर्ने र रकम संकलन गर्ने काम गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपमहानगरको भू-उपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले जानकारी दिए । टोल विकास संस्थाको क्षेत्राधिकार बाहिर गएर जग्गासम्बन्धि काम गरेको पाइएकाले टोल विकास संस्थालाई आवश्यक कारबाही गरिने उनले बताए ।

बरामद भएका कागजातमा संस्थाकै नाममा छापिएको जग्गाधनी प्रमाण पूर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिष्ट्रेशन किताब र अन्य सामग्री रहेका छन् ।

टोल विकास संस्थाले लालपूर्जाका नाममा १ हजार र अन्य शुल्कहरु लिँदै आएको स्थानीय ललिता गुरुङले बताइन्। उनका अनुसार लालपूर्जा पाउने भन्दै स्थानीयलाई शुल्क तिर्न बाध्य बनाइएको थियो। टोल विकास संस्थाका एक सदस्यले भने सबै टोलबासीको सहमतीमा कार्यालय व्यवस्थापन तथा टोलका अन्य विभिन्न विकास निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले रकम उठाइएको स्वीकार गरे ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : ५९ बजे

कोरला सडक आयोजनामा आठ अर्ब खर्च

मुस्ताङ । यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, बन्दसत्र १२:३० बजे सर्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक

विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै

काठमाडौँ । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन

निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौँ । ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत