३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

गुल्मेली पत्रकार कृष्ण अन्जानको निधन



बुटवल । गुल्मीमा बसेर पत्रकारिता गरिरहेका पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन भएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा पत्रकार अन्जानको निधन भएको हो । लामो समयदेखि मधुमेहका बिरामी रहेका उनको उपचारको क्रममा हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ ।

अन्जान पछिल्लो समय गुल्मीको रुरु गाँउपालिकाको थोर्गामा रहेर ग्रामिण पत्रकारितामा सक्रिय रहेका थिए । गुल्मी रुरु १ थोर्गा स्यालपोखरीमा स्थायी घर भएका ज्ञवालीले ग्रामिण क्षेत्रको पत्रकारितामा दख्खल राख्थे । मृतक अन्जानको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । पारिवारिक श्रोतका अनुसार भोलीमात्र गुल्मीको रिडीधाममा शवको दाहसंस्कार गरिने छ ।

गीत संगितमा समेत रुचि राख्ने उनले थुप्रै गीतहरु सिर्जना समेत गरेका छन् । उनको परिवारमा श्रीमती तथा १ छोरी र १ छोरा छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १० : ५७ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका