५ पुस २०८२, शनिबार | December 20, 2025

सुन तस्करीको छानबिन गर्न समिति गठनमा जुटेन सहमति, भोलि पुनः बैठक बस्ने



काठमाडौं । एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनमा दलहरुबीच सहमति जुट्न सकेन । सोमबार सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरुको दुईपटक बसेको बैठकमा सहमति जुट्न नसकेपछि मंगलबार पुनः बैठक बस्ने भएको छ ।

यसअघि नै दलहरुबीच सहमति कायम भएर संसदको गतिरोध अन्त्य हुने अपेक्षा सभामुख घिमिरेले गरेका छन् ।

सोमबार अपरान्ह दोस्रो पटक नयाँबानेश्वरस्थित संसद भवनमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकपछि सभामुख घिमिरेले मंगलबार बिहान १० बजे बस्ने शीर्षनेताहरुको बैठकमा सहमति कायम हुने अपेक्षा गरेका हुन् ।

बैठकपछि सभामुख घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न नसकेको बताए । उनले भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको जानकारी दिँदै दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठक अगावै दलहरुबीच सहमति हुने विश्वास ब्यक्त गरे ।

दलहरुबीच सहमति कायम नभएपछि मंगलबार ३ बजे सम्मका लागि सूचना टाँसेर बैठक स्थगित गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ५ : ३८ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र