१९ बैशाख २०८३, शनिबार | May 2, 2026

संसदमा विश्वप्रकाशको प्रश्न – सत्तापक्ष सांसदले बोल्ने थलो रत्नपार्क हो ?



काठमाडौं। सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले लामो समयदेखि संसद बैठक अवरुद्धप्रति असन्तुष्टि जनाएका छन् ।

मंगलबार जारी प्रतिनिधिसभा बैठकमा उनले संसद अवरुद्ध गर्दा जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन नसकिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘संसद प्रतिपक्षी दलको हो, उनीहरुको आवाज सरकारले गम्भीर रुपले लिनुपर्छ । उनीहरुले उठाएका प्रश्नको सरकारले जवाफ दिनुपर्छ,’ उनले भने, ‘तर, सत्तापक्ष सांसदको बोल्ने थलो रत्नपार्क हो ?’

संसद अवरुद्ध गर्ने कार्य बन्द गर्नुपर्ने भन्दै उनले भ्रष्टाचार र अनियमितताका सबै काण्डको छानबिन गर्नुपर्ने बताए । शर्माले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायले गर्ने छानबिनमा अविश्वास गर्न नहुने बताए ।

शर्माले सुन तस्करी प्रकरणमा सरकारी निकायले छानबिन र अनुसन्धान गरिरहेकाले संयमित र धैर्य कायम गर्नसमेत प्रतिपक्षका सांसदलाई आग्रह गरे । उनले कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न हुने कारणसमेत खोज्नुपर्ने बताए । “सुन तस्करी प्रकरणमा सरकारको एउटा हातले कमजोरी ग-यो एयरपोर्टमा, अर्को हातले फेरि पक्र्यो सिनामङ्गलचोकमा, यो बिर्सन हुन्न” उनले भने, “राजनीतिक प्रकृतिका घटना भए राजनीतिक मानिस राखौँ, सम्मानीत न्यायमूर्ति राखौँ, अनुसन्धान गरौँ र निष्कर्षमा पुगौँ । हामीलाई कोप्रति अविश्वास हो रु हामीले पालैपालो सरकारमा बसेर बनाएको संस्थाहरूप्रति हामी आफैँ अविश्वास गर्दैछौँ ।”
कुनै पनि बहानामा सदन अवरुद्ध नगर्न सांसदहरूले सङ्कल्प गर्नुपर्ने उनको भनाइ छ ।  “आज संसद् खुलेको छ, एकअर्कामा बधाई साटासाट गर्नुपर्ने अवस्था छ”, उनले भने, “सदन खुलेको हो भने कति दिनका लागि खुलेको हो ? यसबारे कसलाई प्रश्न गर्ने ? हरेक समस्याको हल संसद् बन्द गरेर हुँदैन ।”

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ४ : ४० बजे

राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन