९ श्रावण २०८३, शनिबार | July 25, 2026

एमालेको अवरोधपछि सत्तापक्षका सांसद पनि उठेर जनाए विरोध, राष्ट्रियसभा बैठक स्थगित



काठमाडौं। शुक्रबार राखिएको राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश गर्न लाग्दा स्थगित भएको छ । सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिसकेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेका थिए । तर, प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु उठेर विरोध जनाए ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसद उठेर विरोध जनाए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले प्रतिपक्षीलाई बोल्न समय दिएपछि यसको विरोधमा सत्तापक्ष सांसदले उठेर विरोध जनाए ।

दुवै पक्षका सांसद उठेर विरोध जनाइरहेपछि अध्यक्ष तिमिल्सिनाले बस्न आग्रह गरे । उठेरै संसद चलाउने भएपछि पछि गाह्रो पर्ने भन्दै सांसदहरूमाथि उनले व्यंग्य पनि गरे । तर, दुवै पक्षका सांसद बस्न मानेनन् ।

सत्ता र प्रतिपक्ष सांसदहरू उठिरहेपछि अध्यक्ष तिमल्सिनाले शुक्रबारको बैठकको कार्यसूचीमा राखेका सबै कार्यक्रम हटाएको जानकारी दिँदै बैठकलाई साउन ३१ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरे ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १२ : ४७ बजे

नेपालगन्जका बिभिन्न चौकहरुमा एकैदिनमा ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

रुपन्देही प्रहरीको घुमुवा बनेर रकम असुली गर्ने राणा नक्कली रिभल्वर सहित पक्राउ

बुटवल । रुपन्देहीको बिभिन्न स्थानमा रुपन्देही प्रहरीको घुमुवा बनेर रकम

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

पोखरा । पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा