१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

नेपाल जेसीज क्षेत्र ‘घ’ को सम्मेलन रुपन्देहीको तिलोत्तमामा हुँदै



बुटवल । रुपन्देहीको तिलोत्तमामा नेपाल जेसीज क्षेत्र ‘घ’ को सम्मेलन हुने भएको छ । यही भदौ ८ र ९ गते नेपाल जेसीज तिलोत्तमा शाखाको आतिथ्यतामा सम्मेलन हुने भएको हो ।

दुई दिनसम्म चल्ने सम्मेलनले तिलोत्तमाको पहिचानलाई अझ माथी उठाउने नेपाल जेसीज तिलोत्तमा शाखाका सस्थापक अध्यक्ष यादव भटट्राईले बताए । तिलोत्तमाको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुने सम्मेलनमा उद्घाटन सत्रमा मात्र १ हजार २ सय बढिको सहभागिता हुने भटट्राईले बताए ।

सम्मेलनमा ‘घ’ क्षेत्र अन्तर्गतका ५८ वटा शाखाका प्रतिनिधीहरुका साथै देशका अन्य शहरबाट पनि जेसीजको प्रतिनिधत्व हुने बताइएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा युवा नेता नेपाली कांग्रेसका प्रदीप पौडेल, स्वतन्त्र पार्टीका उमेश झा र नेकपा एमालेका योगेश भट्टराईको सहभागिता हुने बताइएको छ । सम्मेलनमा सहभागि हुनेहरुका लागि प्रति व्यक्ति ६ हजार रजिष्टेशन शुल्क राखिएको भटट्राईले बताए ।

नेपाल जेसीज तिलोत्तमा शाखाका अध्यक्ष प्रकाश गौतमले सम्मेलन तिलोत्तमाको पहिचान अझ माथी उठ्नका साथै यस क्षेत्रको आर्थिक चलायमान पनि बढ्ने बताए । साथै सम्मेलनमा सहभागि बीच वक्तृत्वकला प्रतियोगिता, तालिम समेत हुने उनले बताए ।

सम्मेलनको भदौ ८ गते बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  २ : ०५ बजे

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त

जीवी राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार

काठमाडौं । सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार

प्रभु बैंकका ग्राहकले काठमाण्डु मोडेल अस्पतालमा विशेष छुट पाउने

काठमाडौ । काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच

नीति तथा कार्यक्रम : नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

काठमाडौं । सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा