३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

तिस माइलमा पहिरो खस्दा बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित तिस माइलमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकीका सइ कमल थापाले जानकारी दिए ।

“पहिरो राती १२ बजे खसेको हो । अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । बिहान ५ बजे सडक डिभिजन कार्यालय पाल्पाको एउटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ”- थापाले भने

पहिरो संगै रुख ढलेर सडकमा खसेको हुँदा पहिरो पन्छाउन करिब २ घण्टा समय लाग्ने थापाले बताए । राजमार्ग अवरुद्ध भएपछि सयौंको संख्यामा सवारी साधन बीच बाटोमा रोकिएका छन् । कयौं यात्रु गन्तव्यमा पुग्न नसकेर बीच बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : १५ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क