१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

जडिबुटी औषधीको अनुसन्धानका लागि आयुर्वेद विश्वविद्यालय स्थापना गर्न विज्ञहरुको सुझाव



काठमाडौं । जडिबुटी र आयुर्वेद औषधिको अनुसन्धान गर्नेगरी आयुर्वेद विश्वविद्यालय स्थापना गर्न विज्ञहरुले सुझाव दिएका छन्

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा उपस्थित भएका विज्ञहरुले योगमाया आयुर्वेद विश्वविद्यालयलाई शिक्षामा मात्र केन्द्रीत नगरी अनुसन्धान गर्ने विश्वविद्यालयको रुपमा विकास गर्न सुझाव दिएका छन् ।

नेपाल खुला विश्व विद्यालयका उपकुलपति लेखनाथ शर्माले एप्लाइड साइन्सको विश्वविद्यालय भएकाले अनुसन्धान युनिट नभई नहुने बताए । शर्माले हिमाल, पहाड र तराईमा भएका जडिबुटीबाट औषधि उत्पादन गर्ने गरी विश्वविद्यालयको संरचना निर्माण गर्न नियमहरु ल्याउन मिल्नेगरी ऐन ल्याउनुपर्ने धारणा राखे । उनले खुला विश्वविद्यालयको रिक्वायरमेन्टले माग्ने न्यूनतम एकेडेमिक स्टाण्डर्ड कायम गर्न चाहिने चिजको व्यवस्था ऐनले नै गर्नुपर्नेमा बताए ।

वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले विश्वविद्यालयको क्षेत्राधिकार नै तोक्नुपर्ने धारणा राखे । देवकोटाले जडिबुटी प्रसोधन गर्नका लागि अनुसन्धान आवस्यक पर्ने भएकाले विश्वविद्यालयले गर्ने कामको विषयलाई क्षेत्राधिकार भित्र व्याख्या गरेर जानुपर्ने बताए ।

देवकोटाले विश्वविद्यालयलाई गभर्निङ काउन्सिलको अवधारणा अनुसार लैजानेगरी ऐन निर्माण गर्न सुझाव दिए । काउन्सिलले निर्वाचित गरेको काउन्सिल, प्रादेशिक र स्थानीय प्रतिनिधित्व सहितको तीन सदस्यिय सर्च कमिटिले पदाधिकारी नियुक्त गर्ने व्यवस्था गर्दा स्थानीय प्रतिनिधित्व हुन सक्ने उनले बताए ।

नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले विश्वविद्यालयलाई शिक्षामा मात्र केन्द्रीत नगरेर अनुसन्धानमा ध्यान दिनुपर्ने धारणा राखे । प्रदेश र स्थानीय तहको स्वामित्व हुने गरी विश्वविद्यालयको संरचना निर्माण गर्दा सबैको अपनत्व देखिने प्रधानले बताए । प्रधानले अनुसन्धानमा आधारित हुने विश्व विद्यालयलाई राजनीति गर्ने थलोको रुपमा विकास गर्न नहुने पनि धारणा राखे ।

बैठकमा सांसदहरुले प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञान सम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानका लागि योगमाया विश्वविद्यालय महत्वपूर्ण हुने बताएका छन् । सांसदहरुले आयुर्वेद चिकित्सकको क्षेत्रमा अनुसन्धान गर्न अवरोध नहुने गरी विश्वविद्यालयको ऐन निर्माण गर्ने विषयमा आफुहरुको ध्यान गएको बताएका छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ५ : ४६ बजे

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा