१ पुस २०८२, मंगलबार | December 16, 2025

अवरुद्ध संसद खुलाउन प्रतिपक्षी दलहरुसँग संवाद् तिब्र बनाउने सत्ता गठबन्धनको निर्णय



काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको जारी अवरोध खुलाउन एमालेसहितका प्रतिपक्षी दलहरूसँग संवाद बढाउने निर्णय गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायतका दलहरुसँगको संवादलाई तिब्र बनाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

यसअघि सोमबार साँझ बसेको गठबन्धन बैठकले एमालेको मागबमोजिम सुनकाण्डबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको निस्कर्ष निकालेको थियो ।
एमालेले भने छानिबन समिति नबनेसम्म संसद अवरुद्ध गरिरहने अडान कायमै राखेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ११ : ३४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज