२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

पत्रकारहरुले सरकारको गुणगान होईन, आलोचना गर्नुहोस् : मुख्यमन्त्री चौधरी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको आलोचना गरेर प्रदेश सरकारलाई सचेत बनामउन सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गरेका छन् । शुक्रबारदेखि सुरु भएको लुम्बिनी प्रादेशिक मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले पत्रकारहरुलाई गुनगान भन्दा पनि सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन मिल्ने बताए ।

मुख्यमन्त्री चौधरीले राजनीतिक परिवर्तनमा मिडियाहरुको ठूलो योगदान रहेको स्मरण गर्दै मिडियाहरु बलियो भए मात्र सरकार बलियो हुने बताए । ‘मिडियाहरुले सरकारको गुणगान नगरेर आलोचनात्मक मिाचार लेख्न आग्रह गरे । व्यक्तिगत रुपमा अनुदान माग्न नआउन आग्रह गर्दै मुख्यमन्त्री चौधरीले सञ्चार संस्थालाई संस्थागत रुपमा मात्रै अनुदान रकम दिने सरकारको नीति रहेको स्पष्ट पारे ।

उनले प्रदेश सरकारले वर्षमा २ लाख जनालाई रोजगारी दिने लक्ष्य रहेको र प्रदेशभरि त्यसको संभावना रहेको दाबी गरे । बुद्ध जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, आदिवासी जनजातिका संस्कृति र प्रशस्त हिल स्टेशनहरु रहेको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले प्रदेशको समृद्धि र लगानीका लागि सरकारले अन्तर्राष्ट्रियस्तरमा पनि छलफल गरिरहेको जानकारी दिए ।

उनले मिडियाको सबलीकरणमा प्रदेश सरकार साथमा रहेको भन्दै सरकारको प्राथमिकता विकास र समृद्धि भएकाले त्यसमा साथ दिन उनले सञ्चारमाध्यमलाई आग्रह गरे ।

सम्मेलनमा प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चार उद्यमी र पत्रकारहरुको सहभागिता छ । सम्मेलनले मोफसलका मिडियाहरुको सबलीकरण, पत्रकारहरुको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरुपता लगायत विषयमा बसन्तपुर घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

सम्मेलनमा बरिष्ठ पत्रकार द्वय युवराज घिमिरे र कनकमणी दिक्षितले वर्तमान अवस्थामा सञ्चार क्षेत्रको समस्या र र चुनौतीहरुको विषयमा धारणा राखेका थिए ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ११ : १० बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात