२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

बुटवलको पुरानो बसर्पाकमा स्कुटर दुर्घटना, गम्भीर घाइते महिलाको पहिचान खुलेन



बुटवल । बुटवलको नेपालगन्ज रोड स्थित पुरानो बसपार्कमा स्कुटर दुर्घटना हुँदा एकजना महिला गम्भीर घाइते भएकी छन् । गयमध्यराती १ बजेको समयमा कालिकापथ स्थित एउटा क्लवबाट बुटवल अमरपथ जाँदै गरेको स्कुटी अनियन्त्रित भई पुरानो बसपार्क चोकमा दुर्घटना हुँदा नामथर नखुलेकी अन्दाजी २८-३० वषृकी महिला घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ३ जना सवार स्कुटीको चालक र अर्का एकजना पनि घाइते भएका छन् । दुर्घटनाबाट गुल्मी रेसुङ्गा १ का २० वर्षिय चालक भुवन पुन सामान्य घाइते छन् भने गुल्मी इस्माका सुशिल गुरुङ गम्भीर घाइते छन् । क्लवबाट अपरिचित महिलालाई स्कुटीकोबीचमा राखेर कोठा लगिदिने भन्दै जाँदै गरेको अवस्थामा स्कुटी दुर्घटनामा परेको हो ।

स्कुटीमा सवार तीनै जनाले मदिरा सेवन गरेको समेत प्रहरीले जनाएको छ । घाइते पुनले कोठा पु¥याइदिन भन्दै लिफ्ट मागेपछि आफुहरुले ती महिलालाई स्कुटीमा राखेर लगिदिएको प्रहरी समक्ष बयान दिएका छन् । महिलाको घर पनि गुल्मी भएको र बुटवलमा बस्दै आएको प्रहरीको भनाइ छ ।

घाइते गुरुङ र नाम नखुलेकी महिलाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलबाट उद्दार गरेर लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा अस्पतालले मेडिकल कलेज रिफर गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए । घाइते महिलाको यो समाचार तयार पार्दा सम्म पहिचान खुलेको छैन । प्रहरीले घाइते महिलाको फोटो सार्वजनिक गर्दै परिचित वा आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  २ : ३५ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात