१२ पुस २०८२, शनिबार | December 27, 2025

आइतबारबाट संसद सुचारु हुन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट संसदको अवरोध हट्ने बताएका छन् । शनिवार स्व.रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टीले केन्द्रीय कार्यालय पेरिसडाँडामा राखेको श्रद्धाञ्जली सभामा बोल्दै उनले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको बताए ।

उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सुचारु हुनेमा आशावादी रहेको बताए ।

उनले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि जानकारी दिए ।

श्रद्धान्लीसभामा प्रचण्डले सहिद रामवृक्ष यादवप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै यादवको तस्बिरमा माल्यापर्ण गरेका थिए ।

तराई मधेसमा स्थापित यादव तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेताका रुपमा परिचित थिए । जनयुद्धको सुरुआती चरणमा नै उनले २०५१ भदौ २ गते स्थानीय सबैला भन्ने स्थानमा शहादत प्राप्त गरेका थिए । माओवादीले यादवलाई सहिद घोषणा गरेको छ ।

जनताको हकहितका लागि सङ्घर्षरत यादवको स्मरणमा माओवादी केन्द्रले हरेक वर्ष भदौ २ गते श्रद्धाञ्जलीसभाको आयोजना गरी श्रद्धाञ्जली अर्पण गर्दै आएको पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र पम्फा भुसाल, उपमहासचिव वर्षमान पुनलगायतका शीर्ष नेता तथा कार्यकर्ता उपस्थित थिए ।

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  ३ : ३० बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं । हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले

भियतनाममा यात्रुबाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी । भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको

बालेन र कुलमानबीच छलफल, रास्वपाको प्रस्तावबारे छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत