९ श्रावण २०८३, शनिबार | July 25, 2026

राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकमा ओली अनुपस्थित



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक बसिरहेको छ ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ । बैठकमा सबै राजनीतिक दलका शीर्ष नेता उपस्थित भएपनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन् ।

एमालेबाट पटकपटक हुँदै आएको संसद अवरोध खुलाउने विषयमा बोलाइएको बैठकमा एमालेकै अध्यक्ष अनुपस्थित हुनु अर्थपूर्ण मानिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतकी अनितादेवी साह सहभागी छन्  ।

एमालेबाट भने संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी भएका छन् ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  १ : ३५ बजे

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको