चितवन । मुग्लिन नारायणगढ सडक खण्डमा सोमबार राती खसेको पहिरोका कारण अवरुद्ध सडक अझै खुल्न सकेको छैन । राती ८ बजेबाट अवरुद्ध सडक खुलाउन रातभरी साधन श्रोत परिचालन गर्दापनि खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
पहिरो पन्छाउने क्रममा खसेको ढुँगाले पहिरो पन्छाउन प्रयोग भएको लोडरको अगाडीको भागमा क्षति भएको छ । लोडरको अगाडिको भागको सिसा फुटेपनि मानवीय क्षति नभएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार दिउँसो १२ बजेसम्ममा सडक आवागमन एकतर्फी भएपनि खुलाउने प्रयास भइरहेको छ । अहिले सडक डिभिजनको २ वटा मेशिन नारायणगढतर्फबाट र १ वटा येक्साभेटर मुग्लिनतर्फबाट पहिरो पन्छाउने कार्यमा लागिरहेको छ ।
मुग्लिन नारायणगढ सडक हुँदै यात्रा यात्रीहरुलाई सडक कार्यालयले वैकल्पिक बाटो हुदै यात्रा गर्न अनुरोध समेत गरेको छ ।




















प्रतिक्रिया