१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : महासचिवको मत परिणाम अन्यौलमा



नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिव पदको मत परिणाम अन्यौल बन्दै गएको छ । प्रमुख निर्वाचन निर्वाचन अधिकृतले अन्तिम मत परिणाम भन्दै विजयी घोषणा गरेको परिणामलाई पुनः मतगणना भन्दै सूचना जारी गरेपछि महासचिव पदको मत परिणाम अन्यौलमा परेको हो ।

आज बिहान ८ बजेबाट पुनः मतगणना गर्ने सूचना जारी गरेका प्रमुख निर्वाचन अधिकृत टिकाजङ्ग सिंह बिरामी भएर अस्पताल भर्ना भएपछि मतगणना पनि अनिश्चित भएको छ भने उनैले विजयी घोषणा गरेका महासचिव पदका उम्मेदवार भीमबहादुर रानाभाट विजयीउत्सव मनाउँदै बधाई ग्रहण गरिरहेका छन् । समावेशी प्यानलबाट उम्मेदवार बनेका उनले पुनः मतगणना अस्वीकार गर्ने घोषणा गरेका छन् ।

अन्तिम मत परिणाम भन्दै भीमबहादुर रानाभाटलाई विजयी घोषणा गरेपछि मतगणना पुरा नहुँदै घोषणा गरिएको भन्दै रानाभाटका प्रतिद्वन्द्वी टंकप्रसाद शर्मा र साझा प्रजातान्त्रिक समुहले प्रमुख अधिकृत सिंह सहित अन्य ४ जनालाई बन्धक बनाउँदै तालाबन्दी गरेपछि प्रमुख निर्वाचन अधिकृतले पुनः मतगणना गर्ने सहमति गरेर बन्धक मुक्त बनेका थिए । उनले गरेको सहमतिलाई समावेशी समुहले भने स्वीकार गरेको छैन ।

यस्तो छ विवादको जडः
मतदानमा तोकिएको बक्सा बाहेक अन्य बाकसमा खसेको मतपत्रको मतगणना नगरि निर्वाचन समितिले मत परिमाण घोषणा गरेपछि विवाद उत्पन्न भएको हो । सुरुमा सदस्यपदको हकमा तोकिएको मतपेटीका बाहेकको मतपेटीकामा खसेका मतपत्रलाई बदर मानी मतपरिणाम स्वीकार गरेको साझा प्रजातान्त्रिक समुहले महासचिवमा ६ मतको मात्र फरक आएपछि सो समुहले विवाद झिकेको बताइएको छ । सामान्यतया सबै मतपत्रको गणना गरेपछि मात्र परिणाम घोषणा गर्नुपर्नेमा अन्य बक्सामा परेको मतपत्रलाई बदर सरह मानेर खामबन्दी गरेर मतपरिणाम सुनाएपछि विवादको विजारोपण भएको थियो ।

बन्धक मुक्त हुने सर्तमा पुनः मतगणनाको सहमति गरेका प्रमुख निर्वाचन अधिकृत सिंह आज एक्कासी बिरामी भएर वेष्टर्न अस्पताल भर्ना भएका छन् । उनी अस्पतालबाट डिस्चार्ज नहुँदा सम्म मतगणनाको कार्य अगाडि नबढ्ने बताईएको छ । चिकित्सकले ३ दिन अस्पताल बस्नुपर्ने सल्लाह दिएपछि तीन दिनका लागि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत माधव रिजालले बताए ।

 

 

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ४ : १० बजे

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा