१८ माघ २०८२, आइतबार | February 1, 2026

एनएमबि बैंक गोरुसिङ्गेको बित्तीय साक्षरता सप्पन्न



कपिलवस्तु । एनएमबि बैंक गोरुसिङ्गे शाखाले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । कपिलवस्तुको बुद्धभुमि गोरुसिङ्गे स्थित सोशियल आभासिय मावि कक्षा ११ र १२ का ब्यवस्थापन विषय अध्यनरत विद्यार्थीहरुलाइ बित्तीय साक्षरता प्रदान गरेको हो ।

बैंकका शाखा प्रबन्धक केशर सिंह टण्डन तथा कर्मचारी सन्जय शर्मा र पशुपति अधिकारीले सो वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण गरेका थिए । उनीहरुले युवा उद्दमशिलता, पैसाको बचत, लगानी, परिचालन, आयआर्जनका वैकल्पिक अवसरहरु तथा बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु, एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, लुम्बिनी बचत खाताबारे जानकारी, शेयर कारोबार सम्बन्धि ज्ञान, सिस्टोमेटिक इन्भेस्टमेन्ट प्लान (एसआइपि) तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य रमेश गौतम तथा शिक्षक अर्जुन भुसालले एनएमबि बैंकले प्लस टु लेभल ब्यवस्थापन तहमा अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाइ बित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद दिदै कार्यक्रम समयसापेक्ष र ब्यवहारिक रहेको बताएका थिए ।

बित्तीय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरुले बचत, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्दमशिलताको सृजना, सन्चालन र सफलताबारे ब्यवहारिक ज्ञान सिकेको बताएका थिए ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ७ : १२ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका