७ श्रावण २०८३, बिहिबार | July 24, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : निर्वाचन समितिबाट पुनः मतगणना गर्न अस्वीकार, संघमा पुनः तालाबन्दी



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको अन्तिम निर्वाचन परिणाम घोषणा पूर्व महासचिवको पुनः मतगणना नहुने भएपछि असन्तुष्टहरुले संघको मुल गेटमा ताला लगाईदिएका छन् । गत भाद्र २ गते भएको निर्वाचनमा महासचिव पदको मत परिणानाममा विवाद भएपछि पुन मतगणनाको सूचना टाँसेर अस्पताल भर्ना भएका प्रमुख निर्वाचन अधिकृत टिकाजङ्ग सिंहले पुनः मतगणना नहुने निर्णय लिएसँगै संघको मुल गेटमा ताला लगाइएको हो ।

सुरुमा ६ मतान्तरले महासचिवमा भीमबहादुर रानाभाटलाई विजयी घोषणा गरेलगत्तै उनका प्रतिद्वन्द्वी टंक शर्माले पुन मत गणनाको माग गर्दै मुख्य निर्माचन अधिकृत सिंह सहित निर्वाचन अधिकृतहरुलाई मतगणना परिषरमा तालाबन्दी गरेर बन्धक बनाएका थिए । बन्धक मुक्त गर्ने क्रममा जिल्ला प्रशासनको मध्यस्ततामा प्रमुख निर्वाचन अधिकृत सिंहले पुनः मतगणनाको सूचना निकालेर आफु अस्पताल भर्ना भएका थिए ।

तीनदिनको अस्पताल बसाईपछि आजका लागि मतगणनाको सूचना जारी गरेपनि आज दिनभरीको छलफलपछि वरिष्ठ अधिवक्ता समेत रहेका सिंहले पुनः मतगणनाको निर्णयबाट पछि हटेर पुर्ववत भीम रानाभाटलाई महासचिवमा विजयी घोषणा गरेका छन् ।

महासचिव बाहेकका अन्य पदहरुको भने यस अघि नै मतपरिणाम घोषणा भइसकेको छ । अधिवक्ता सिंहले महासचिव लगायत अहिलेसम्म घोषणा भएका सबै पदको परिणामलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

सिंहको निर्णय लगत्तै टंक शर्मा समर्थकहरुले संघमा तालाबन्दी गर्दै मतपत्र भण्डारन गरिएको मतदान स्थल नेपालगन्ज रङ्गशाला पुगेर नाराबाजी गरेका छन् । छलफलबाट निस्कने क्रममा संघका पूर्व अध्यक्ष एवम साझा प्रजातान्त्रिक समुहका अगुवा सुनिल कुमार शर्माले सहमति भन्दा बाहिर गएर गरिएको निर्णयलाई आफुहरुले स्वीकार नगर्ने बताएका छन् ।

 

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  १० : २९ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी