२० मंसिर २०८२, शनिबार | December 6, 2025

एनएमबी बैंक भैरहवा शाखाको वित्तीय साक्षरता



भैरहवा । एनएमबि बैंक भैरहवा शाखाले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका (१६ कोटिहवा अवस्थित पशुपति कलेजका प्लस टु व्यवस्थापन विषयमा अध्यनरत विद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो ।

बैंकका आरएम इम्रान खान, बिडिएम जनार्जन पाण्डे र एआरम रौनक गुरुङले सो वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण गरेका थिए ।

उनीहरुले युवा उद्दमशिलता, पैसाको बचत, लगानी, परिचालन, आयआर्जनका वैकल्पिक अवसरहरु तथा बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु, एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, लुम्बिनी बचत खाता बारे जानकारी, शेयरकारोबार सम्बन्धि ज्ञान, सिस्टोमेटिक इन्भेस्टमेन्ट प्लान (एसआइपि) तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण गराएका थिए ।

कार्यक्रममा कलेजका अध्यक्ष अर्चित श्रेष्ठ तथा क्याम्पस प्रमुख बेदप्रसाद भट्टराईले एनएमबि बैंकले प्लस टु लेभल व्यवस्थापन तहमा अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाइ वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

वित्तीय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरुले बचत, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्दमशिलताको सृजना, सन्चालन र सफलताबारे व्यवहारिक ज्ञान सिकेको बताएका थिए ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  १ : ५१ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले