१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

कांग्रेसले टुंगो लगायो चार संसदीय समितिमा सभापतिका उम्मेदवार



काठमाडौं । सत्तारुढ गठबन्धनको दल नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका लागि आफ्नो दलबाट उम्मेदवार हुने प्रतिनिधि सभा सदस्य (सांसद)हरुको नाम टुंगो लगाएको छ ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी एमालेबीच भएको सहमतिअनुसार कांग्रेसले ४ वटा समितिको नेतृत्व पाउने पक्का छ । जसअनुसार कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडाको नाम टुंग्याएको छ । यस्तै, संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा जीवन परियार, कृषि समितिको सभापति आरजु राणा र अर्थ समितिको सभापतिमा सन्तोष चालिसेको नाम टुंग्याएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषयगत समितिका सभापतिको निर्वाचन सोमबार दिउँसो ३:०० बजेका लागि निर्धारण गरेको घोषणा गरेको थियो । जसअनुसार आज (आइतबार) सभापतिका उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।

आज (आइतबार) बिहान ११:०० देखि दिउँसो ४:०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ ।

यसपटक संयुक्त समिति २ र प्रतिनिधि सभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेस ४, नेकपा (माओवादी केन्द्र) २, नेकपा (एमाले) ३, नेकपा (एकीकृत समाजवादी) १, जनमत पार्टीको १ सिटमा दाबी रहेको विषय सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ११ : १० बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि