१७ असार २०८३, बुधबार | July 1, 2026

एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने गए पाकिस्तान



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्नका लागि पाकिस्तान गएका छन्।

लामिछाने सोमबार बिहान त्रिभुवनअन्तराष्ट्रिय विमानस्थल हुँदै पाकिस्तान उडेका हुन्। उनी कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्नेछन् ।

बालिका बलात्कार मुद्दा खेपिरहेका लामिछानेको आइतबार पेसी भएपनि मुद्दाको सुनुवाइ नभएपछि उनी सोमबार बिहान पाकिस्तान गएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङले विमानस्थलमै पुगेर लामिछानेलाई बिदाई गरेका छन् ।

आफ्नो मुद्दामाथिको पेसी भएकै कारण लामिछाने राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्यसँगै जान पाएका थिएनन् । राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यहरु यसअघि भदौ ५ गते नै पाकिस्तान पुगिसकेको छ ।

नेपालले यही मंगलबार भदौ १३ गते पाकिस्तानसँग र १८ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  १० : ३३ बजे

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो

भारतसँग सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश