१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

एमालेसँग जोडिएका मुद्दाहरुबाट अनुसन्धान थाल्न सरकारलाई एमाले सचिव पद्मा अर्यालको चुनौती



बुटवल । नेकपा एमालेकी केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज मद्मा अर्यालले एमालेको नाम जोडिएका मुद्दाहरुको फायल खालेर अनुसन्धान थाल्न चुनौती दिएकी छन् । एमालेको लुम्बिनाी प्रदेश अधिवेशनको सन्दर्भमा बुटवलका सम्पादक तथा समाचार प्रमुखहरुसँग कुरा गर्दै उनले एमालेको नाम जोडिएका फायलबाट अनुसन्धान थाल्न सरकारलाई चुनौती दिएकी हुन् ।

उनले एमालेका शिर्ष नेताहरु कुनैपनि भ्रष्टाचारको घटनामा नमुछिएको दाबी गर्दै अनुसनधान गरेपनि कुनै हात नलाग्ने भएपछि सरकारले फयल खोल्न नखोजेको बताइन् । उनले एमाले नेतृत्वसँग जोडिएर बजारमा आएका सबै कुराहरु झुठा भएको बताइन् । एमाले कुनैपनि छानबिनको दायरामा आउन तयार रहेको उल्लेख गर्दै सरकार भ्रष्टाचारको अनुसनधानमा इमान्दारसँग नलागेको आरोप लगाइन् । ‘सुरुमा पार्टीको गुमेको साख जोगाउन पनि केही गर्छकी भन्ने लागेको थियो, तर ६० किजी सुनमा पुग्दा सरकारको बिश्वास ग्वार्लाम्मे ढल्यो ।’ उनले भनिन् ।

उनले सरकार गैरजिम्मेवार बन्दा जनतामा निराशा छाएको उल्लेख गर्दै सरकारी सूचांकहरुले राम्रो संकेत नगरेको बताइन् । कोभिडमो महामारीबाट एमालेले जोगाएको अर्थतन्त्र गठबनधन सरकारले धारासायी पारेको उनले आरोप लगाइन् । केन्द्रीय सचिव अर्यालले मुलुकको दुर्दशाको मुख्य कारक गठबन्धन नै भएको ठोकुवा गर्दै एमालेलाई समाप्त पार्ने मात्र गठबन्धनको उद्देश्य रहेको जिकिर गरिन् । मुलुक बनाउन गठबन्धन नबनेको उनको भनाई छ ।

संघीयताको पुनर्विचार गर्नुपर्ने निश्कर्षमा एमाले नपुगेको बताउँदै उनले संघीयता प्रति एमाले स्पष्ट रहेको बताइन् । संघीयता बलियो बनाएर लैजानेगरि एमाले लागेको उनले बताइन् । उनले धरान गोरु काण्डलाई गौर हत्या काण्डको तुलना गर्दै धरानले दोस्रो गौर काण्डको संकेत गरेको बताइन् ।

प्रदेश अधिवेशनको सन्दर्भमा पत्रकारहरुको जिज्ञासामा सचिव अर्यालले प्रादेशिक अधिवेशनमा विचारको बहस नहुने बताइन् । विष्णु पौडेलको र शंकर पोखरेलको गुटको विषयमा आफुले पनि सुनेको बताउँदै उनले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको स्पष्ट पारिन् । ‘त्यो वाहियात हल्ला हो ।’ उनले भनिन् ।

पदाधिकारी र शिर्ष नेतृत्व कसैलाई जिताउन वा हराउन नलाग्ने दाबी गर्दै उनले सके सम्म सर्वसम्मत र त्यो नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिने जनाइन् । ‘सर्वसम्मत भनेको सहमति र समझदारी हो, सहमति र समझदारीगरेर आउंदा चुनाव नै गर भन्न मिल्दैन ।’ उनले भनिन् ।

भाद्र १६ र १७ गते बुटवलमा हुने प्रदेश अधिवेशनका लागि प्रदेशबाट १००४ जना प्रतिनिधिको चयन भइसकेको छ । सुरुमा सबै प्रतिनिधि निर्वाचित भएर आउने भनिएपनि सचिव अर्यालले पत्रकारहरुलाई मनोनीत प्रतिनिधिको टुंगो लाग्न बाँकी भएको बताएकी छन् ।

अधिवेशनमा महिला ३३ प्रतिशत पुर्याउने प्रयासमा रहेको बताउँदै उनले उत्पिडित जाती, महिला, युवाको अलग अलग कलस्टर छुट्टाएर प्रतिनिधि छनौट भएको जानकारी दिइन् ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  १२ : ०५ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू