५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा (फोटो फिचर)



बुटवल । पाँच राजनीतिक दल सम्बद्ध समाजवादी मोर्चा नेपालको बुटवलमा आयोजित सन्देश सभा सुरु भएको छ ।

सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शिर्ष नेताहरु सम्बोधन गर्दैछन् ।

सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवको उपस्थित रहेको  छ  ।

सभालाई सम्बोधन गर्दै बोल्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले अहिलेको सरकारलेपहिलो पटक जनताको वाहावाही पाएको बताउँदै शंकाको सुबिधा दिएर प्रचण्डबाट जनताले ठूलो आशा गरेको बताए । कुनैदिन प्रचण्डको नामले डराउने सामन्तहरू अहिले प्रचण्डलाई जनयुद्धका बारेमा प्रश्न गरिरहेको उनको भनाई थियो ।

यस्तै जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर यादवले सम्बोधन गर्दै जनतामा अझै परिवर्तन हुन नसकेको बताएका छन्।

देशमा रहेको तमाम विभेदको अन्य गर्दै समतावादी समाजको निर्माणका लागि मोर्चा गठन भएको उनले बताए । उनले विश्व राजनीति पुंजीबादले गाँजेको अवस्थामा देशमा रहेको असमानताको अन्त्य गर्नु जरूरी रहेको बताए ।

बुटवलको रामनगर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी सम्मेलनमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।

फोटो फिचर

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  २ : २३ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान