२० भदौ २०८३, शनिबार | September 6, 2026

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्वारा शुभकामना, बुटवलमा क्रिकेट हेर्न यस्तो छ व्यवस्था



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसँग भर्चुअल बैठक गर्दै उनले जितका शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीको हितका निम्ति आफूले हमेसा ध्यान दिँदै आएको बताए । बैठकमा नेपाली टोलीका क्याप्टेन रोहित पौडेलले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ ।

बुटवल लगायतका स्थानमा चोक र खुल्ला स्थानमा क्रिकेट हेर्ने ब्यवस्था मिलाईएको छ । बुटवलको देविनगर चौपारीमा वेष्ट्रन क्रिकेट एकेडेमीको पहलमा प्रोजेक्टरबाट लाईभ गर्ने भएको छ । एकेडेमीका संचालक भुवन पाण्डेका अनुसार नेपाली टिमको ऐतिहासिक खेललाई प्रत्यक्ष देखाउने ब्यवस्था गर्न चौपारीमा १५ बाई १५ फुटको स्क्रिनमा देखाईने ब्यवस्था गरिएको छ ।

यता रुपन्देहीका अधिकाश रेष्टुरेन्टहरुमा ठुलो स्क्रिनमा क्रिकेट लाईभको ब्यवस्था गरिएको छ । होटल पौवाले योगीकुटी र भैरहवाको होटल पौवामा प्रत्यक्ष प्रसारणको तयारी गरेको छ । पौवाका काठमाडौं, पोखरा, दाङ लगायका शाखामा क्रिकेट हेर्ने ब्यवस्था मिलाईएको पौवाका ब्राण्ड प्रमुख बिष्णु भण्डारीले जानकारी दिए ।

गोलपार्कस्थित लेभिस रेष्टुरेन्टमा एलईडीबाट क्रिकेट खेलको प्रत्यक्ष प्रसारण गर्न लागेको बुटवल क्रिकेट विकास समितिका उपाध्यक्ष तथा रेष्टुरेन्ट ब्यवसायी रोमित बज्राचार्यले जनाए।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले अधिकास होटलहरुमा प्रत्यक्ष प्रसारणको ब्यवस्था गरिएको आफुले जानकारी पाएको बताए ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  १२ : ३८ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा