४ पुस २०८२, शुक्रबार | December 20, 2025

एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध नेपालको खराब प्रदर्शन



काठमाडौँ । । एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले खराब सुरुआत गरेको छ ।

खेलको प्रारम्भमै नेपालका तीन खेलाडी आउट भएका छन् । नेपालले पहिलो ओभरमै दुई विकेट गुमाउन पुग्यो । पाकिस्तानका लागि दुवै विकेट शाहीन शाह अफ्रिदीले लिए । उनले कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेलको विकेट लिएका हुन् । भुर्तेलले चार बल खेल्दै दुई चौका हिर्काउँदै आठ रन बनाए ।

यस्तै पौडेलले बिना रन आउट भए । यस्तै नेपालले तेस्रो विकेटका रूपमा दोस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमायो । उनलाई नशिम शाहले आउट गरे । शेखले पाँच बल खेल्दै एक चौकाको मद्दतमा मात्र पाँच रन बनाए । केहीबेर अघिसम्म नेपालले १२ दशमलव दुई ओभरमा तीन विकेट गुमाउँदै ५४ रन बनाएको छ । अहिले आरिफ शेख र सोमपाल कामी क्रिजमा छन् ।

यसअघि मुल्तान रङ्गशालामा टस जितेर पाकिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ४२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखार अहमदले शतक प्रहार गरेका थिए ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ८ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको