८ चैत्र २०८२, आइतबार | March 23, 2026

प्रदेश अधिवेशनमा सहभागी हुन अध्यक्ष ओलीसहित एमाले नेताहरु बुटवलमा



बुटवल । नेकपा (एमाले) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा सहभागी हुने एमाले अध्यक्ष केपी ओली सहितको जम्बो टोली बुटवल पुगेको छ । आज बिहानको विमानबाट ओली सहितका नेताहरुको टोली बुटवल पुगेको हो ।

आजदेखि बुटवलमा सुरु हुने एमालेको लुम्बिनी प्रदेश स्तरको अधिवेशन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीका अध्यक्ष ओलीले उदघाटन गर्ने छन् ।

उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा आज बुटवल पुगेका हुन् ।

दुई दिन सम्म चल्ने अधिबेशनमा सहभागी हुन प्रदेशका १२ जिल्लाकै प्रतिनिधीहरु बुटवल पुगिसकेका छन् । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ । मुलुक संघीयतामा गएपछि पहिलो पटक हुन लागेको अधिबेशनलाई भव्य बनाउन बुटवलमा विशेष तयारी गरिएको छ ।

यो वर्षलाई अधिवेशन वर्षको रुपमा घोषणा गरेको एमालेले यस लगत्तै अन्य प्रदेशहरुमा पनि अधिवेशन गर्ने तयारी गरेको छ । सम्मेलन पूर्व विहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहादेखि सम्मेलनस्थलसम्म झाँकी सहित र्याली निकाल्ने तयारी छ ।

एमाले अध्यक्ष ओलीको आफु प्रधानमन्त्री हुँदा शिलान्यास गरेको लुम्बिनी केवलकार यात्राको कार्यक्रम समेत रहेको छ । अधिवेशनको उदघाटनसत्र सकिए लगत्तै ओली केवलकार चढेर पाल्पाको बसन्तपुर पुग्ने छन् ।

सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी एक हजार चार जना प्रतिनिधि सहभागी हुने एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो । अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  १२ : ३७ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय