२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

अयोध्या प्रकरण : प्रधानमन्त्री ओलीको विरोधमा जनकपुरमा प्रदर्शन



जनकपुर । हिन्दु समुदायले सद्धा गर्ने श्रीरामको जन्मस्थल अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति विरुद्ध जनकपुरमा प्रदर्शन भएको छ ।

प्रधानमन्त्री ओलीले भानु जयन्तीको दिनमा आयोजित एक कार्यक्रममा अयोध्या पर्साको ठोरीमा रहनसक्ने भन्दै थप अनुसन्धान आवश्यक रहेको बताएपछि नेपाल र भारतमा सो अभिव्यक्तिको विरोध हुँदै आएको छ ।

जनकपुरमा हिन्दु परिषद् नेपाल नामको व्यानरमा आयोजित विरोध प्रदर्शनमा सहभागीहरुले ओलीले हिन्दु धर्मावलम्बीको आस्थामा ठेस पुर्याएको आरोप लगाए ।

प्रदर्शनमा साधुशन्त र स्थानीय युवाहरुको सहभागीता रहेको थियो । जनकपुरका विभिन्न चोकको परिक्रमापछि प्रदर्शन कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गरेका साधुसन्तहरुले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई प्रधानमन्त्रीको अभिव्यक्तिले संकटमा पारेको भन्दै आक्रोश व्यक्त गरे ।

रमानन्दीय वैष्णव संघ जनकपुरकरा महासचिव नवलकिशोर शरणले भगवान रामको जन्म भारत उत्तर प्रदेशको पवित्र सरयु नदीको किनारमा अवस्थित अयोध्यामा भएको जिकिर गरे ।

तथ्य र प्रमाणविना प्रधानमन्त्री ओलीले दिएको सनतात धर्मग्रन्थ माथि बज्र प्रहार भएको उनले दाबी गरे । उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति अबिलम्ब फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा राजनीतिक विषय नरहेको भन्दै परराष्ट्र मन्त्रालयले भने स्पष्टिकरण दिइसकेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  २ : १७ बजे

लगातार तीन सर्किट ब्रेकपछि नेप्सेको कारोबार स्थगित

काठमाडौं । सोमबार नेप्से परिसुचकमा तीव्र उछाल आएपछि लगातार तीन

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका

नेप्सेमा दोस्रो पटक पनि सकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट

नेप्सेमा सकारात्मक सर्किट ब्रेक

काठमाडौं । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन